दार्चुलामा हाइस दुर्घटना, तीन जनाको मृत्यु

दार्चुलामा हाइस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सोमबार एमालेको विजयी जुलुसमा सहभागी हुने कार्यकर्तालाई लिन जान लागेको से १ ज २७७ नम्बरको हाइस महाकाली राजमार्गअन्तर्गत शैल्यशिखर नगरपालिका–६ ग्वानीमा दुर्घटनामा परेको हो । 

आज बिहान भएको दुर्घटनामा परी घटनास्थलमै तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । 

मृत्यु हुनेमा चालक प्रकाशसिंह धामी, सहचालक नवीनसिंह धामी र एकजना पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा लगिएको छ । 





  • प्रकाशित मिति : जेठ २, २०७९ साेमबार ११:४:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया