भरतपुरमा रेनुभन्दा सुवेदी ५० मतले अगाडि, वडाध्यक्षमा एमालेका थापा विजयी

चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेको छ । पछिल्लोपटक सार्वजनिक मत परिणामअनुसार एमालेका  विजय सुवेदीले ३९४४ मत प्राप्त गरेका छन् । 

उनलाई पछ्याइरहेकी नेकपा माओवादी केन्द्र (सत्ता गठबन्धन) की रेनु दाहालले ३८९४ मत पाएकी छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १५७२ मत पाएका छन् ।

महानगरपालिकाको वडा नम्बर ३ को अध्यक्षमा नेकपा एमालेका विकास थापा निर्वाचित भएका छन् । उनी १ हजार ६६६ मतका साथ वडाध्यक्षमा विजयी भए ।

उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार भरत लामिछानेले १०४९ मत ल्याए । 





  • प्रकाशित मिति : जेठ २, २०७९ साेमबार ११:४७:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया