भत्कियो एमालेको गढ, कैलालीको घोडाघोडी–१ मा कांग्रेस विजयी

कैलालीको घोडाघोडी नगरपालिका– १ को वडाध्यक्षमा नेपाली कांग्रेसका घनश्याम ओझा विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका तिलक राम सापकोटालाई पराजित गर्दै उनी १ हजार १ सय ३८ मतका साथ विजयी भएका हुन् । एमालेका सापकोटाले ९ सय ७१ मत प्राप्त गरे ।

त्यस्तै, महिला सदस्यमा एमालेबाट  किसम देवी चौधरी १ हजार ५१ मत, दलित महिला सदस्यमा जुना सुनार १ हजार ६३ मत, खुल्ला सदस्यद्वय कांग्रेसबाट अमन चौधरी १ हजार ३९ मत र ध्रुव गौतम १ हजार ९३ मत ल्याएर विजयी भए । वडा नम्बर १ मा ४ हजार २ सय ५४ मत खसेको थियो ।

यसअघि २०७४ को स्थानीय चुनावमा वडा नम्बर १ मा एमालेका मन राज शाही विजय भएका थिए । ०५१ यता यहाँ एमाले हारेको थिएन । तर, यसपालि भने कांग्रेसले एमालेको गढ भत्काउन सफल भयो । 

वडामा एमालेको अवस्था बलियो रहे पनि पार्टीभित्रको अन्तर द्वन्द्वको फाइदा उठाउँदै कांग्रेसलाई फाइदा भयो । 
 





  • प्रकाशित मिति : जेठ २, २०७९ साेमबार १२:३५:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया