छबिसपाथिभेरामा गठबन्धनका चलाउनेको अग्रता कायमै, एमालेका भट्ट झण्डै दोब्बर मतले पछि

बझाङको छबिसपाथिभेरा गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका बसन्त चलाउनेले अग्रता कायमै राखेका छन् । २ हजार ३५३ मत गणना हुँदा गठबन्धनबाट उम्मेदवार रहेका चलाउनेले १ हजार २७५ मतका साथ अग्रता कायमै राखेका हुन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामप्रसाद भट्टले ६७२ मत प्राप्त गरेका छन् । गाउँपालिका उपाध्यक्षमा पनि गठबन्धनकै उम्मेदवारको अग्रता छ । 

उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका लछिमन बोहरा १ हजार ५२ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी एमालेकी देवकी बुढा बोहराले ७८९ मत प्राप्त गरेकी छन् । 

अहिलेसम्म १ र ७ नम्बर वडाको नतिजा आइसकेको छ । यसपालि छबिसपाथिभेरामा कुल ६ हजार ४५६ मत खसेको थियो ।  
 





  • प्रकाशित मिति : जेठ २, २०७९ साेमबार १३:१७:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया