मायादेवी मन्दिरमा प्रार्थनापछि मोदीले भने- भगवान बुद्धले सबैको कल्याण गरुन्

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गौतम बुद्धले विश्वलाई शान्त र समृद्ध बनाउने विश्वास व्यक्त गरेका छन् । लुम्बिनीमा आज मायादेवी मन्दिरमा प्रार्थना गरेपछि उनले यस्तो विश्वास व्यक्त गरेका हुन् । 

‘बुद्ध पूर्णिमाको अवसरमा मायादेवी मन्दिरमा प्रार्थना गर्न पाउँदा धन्य महसुस गरेको छु,’ भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘भगवान बुद्धले हामी सबैको कल्याण गरुन् र हाम्रो जगतलाई शान्त र समृद्ध तुल्याउन् ।’ 

मोदी आज बिहान भारतीय वायु सेनाको हेलिकप्टरमा लुम्बिनी आएका हुन् । उनलाई लुम्बिनीमा प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गरेका थिए । आज लुम्बिनीमा ६ घण्टा बिताएपछि उनी स्वदेश फर्कने छन् ।    





  • प्रकाशित मिति : जेठ २, २०७९ साेमबार १३:५५:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया