काठमाडौं महानगर अपडेट : स्थापितसँग बालेनको ३५ सय मतको अग्रता

काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) साहले अग्रता कायमै राखेका छन् ।

पछिल्लो मत परिणामअनुसार स्वतन्त्र उम्मेदवार साहले ७३३९ मत प्राप्त गरेका हुन् ।

पछिल्लो अपडेटअनुसार बालेन एमालेका प्रतिष्पर्धा उम्मेदवार स्थापितभन्दा ३५ सय मतले अगाडि छन् ।

स्थापितले ३८६२ मत प्राप्त गरेका छन् । सत्तारुढ गठबन्धनकी उम्मेदवार सिर्जना सिंहलाई ३३५८ मत प्राप्त भएको छ ।

अहिले राष्ट्रियसभा गृहमा मतगणना भइरहेको छ । गत ३० वैशाखमा स्थानीय तह निर्वाचन भएको थियो । काठमाडौं महानगरमा ३१ वैशाखदेखि मतगणना सुरु भएको थियो ।





  • प्रकाशित मिति : जेठ २, २०७९ साेमबार १६:५:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया