अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेसका उम्मेदवार विजयी

अछामको ३ स्थानीय तहमा नेपाली कांग्रेसले जितेको छ । जिल्लाको कमलबजार नगरपालिका, ढकारी गाउँपालिका र बान्नीगढीमा कांग्रेस विजयी भएको हो । 

कमलबजारमा कांग्रेसका यज्ञप्रसाद ढकाल ४ हजार २८८ मतका साथ नगरप्रमुख बनेका छन् भने ढकारी गाउँपालिकामा कांग्रेसकै प्रकाशबहादुर साउँदले ३ हजार १८१ मतसहित अध्यक्षमा जितेका छन् । 

जहाँ कांग्रेसकै नेत्रकला शाही ३ हजार एकसय मत ल्याएर उपाध्यक्षमा विजय भएकी छन् भने कमलबजार नगरपालिकामा नगरप्रमुख कांग्रेसले जिते पनि उपप्रमुखमा चाही एमालेकी शारद बिष्ट (कुँवर)ले ४ हजार ५२८ मतमा जित हासिल गरेकी छन् । 

कमलबजारमा नेकपा एमालेबाट पराजित नगरप्रमुख पदका उम्मेदवार कटकबहादुर साउँदले ४ हजार ६५ र कांग्रेसबाट उपप्रमुखमा उम्मेदवार बनेकी गौरी बिष्ट भण्डारीले जम्मा ३ हजार ६४८ मतका साथ पराजित भएकी हुन् । 

ढकारीमा एमालेका धर्म शाही २ हजार ५५५ मत र नेकपा (एकीकृत समाजवादी) बाट अध्यक्ष पदका उम्मेदवार शेरबहादुर बुढाले १ हजार ५९० मत ल्याएका थिए । 

त्यहाँ उपाध्यक्षमा पराजित हुनेहरु एमालेका मायादेवी बुढाले २ हजार ५७३ र एकीकृत समाजवादीकी देवकला खत्री चलाउनेले १ हजार ५७८ मत पाएका छन् ।



यस्तै बान्नीगढी जयगढ गाउँपालिकामा पनि कांग्रेसका टेकबहादुर साउद अध्यक्ष र एमालेका बिन्दु रावल उपाध्यक्षमा विजयी भए ।



  • प्रकाशित मिति : जेठ २, २०७९ साेमबार १७:४०:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया