भरतपुर महानगरपालिकाको मतपरिणाम रोचक देखिएको छ । यहाँ १५ हजार ०३१ मत गन्दा पुनः नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले अग्रता लिएकी छन् ।
ताजा मतपरिणामअनुसार रेणुको नेकपा एमालेका उम्मेदवार विजय सुवेदीसँग १२ मतको अन्तर छ ।
रेणुले ५०३९ मत ल्याउँदा एमालेका सुवेदीको ५०२७ मत पाएका छन् । त्यस्तै, कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले २३५५ मत ल्याएका छन् ।
यस्तै, उपमेयरमा चित्रशेन अधिकारीले ६०४३ मतसहित अग्रता लिएका छन् भने हिमला गुरुङले ४०४२ मतसहित पछ्याइरहेकी छन् । हाल वडा नम्बर ५ को मतगणना चलिरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।