गोरखा नगरपालिका-८ मा तीन मतान्तरले माओवादीका ऋषिराम विजयी

गोरखा नगरपालिका वडा नम्बर ८ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार ऋषिराम खत्री विजयी भएका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार कृष्णबहादुर केसीलाई ३ मत अन्तरले पराजित गर्दै खत्री वडाध्यक्ष निर्वाचित भएका हुन् । खत्रीले ७ सय २२ मत प्राप्त गर्दा कांग्रेसका केसीले ७ सय १९ मत प्राप्त गरे ।

४ वडा सदस्यमध्ये खुला २ सदस्य कांग्रेस र महिला र दलित महिला सदस्यमा माओवादी उम्मेदवार विजयी भएका छन् ।





  • प्रकाशित मिति : जेठ २, २०७९ साेमबार २१:६:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया