भरतपुरमा १९७८८ मत गन्दा रेनुले ६६७८ र सुवेदीले ६४५२ भोट ल्याए
फाइल तस्वीर

भरतपुर महानगरमा १९ हजार ७८८ मत गणना भएको छ । जारी मतगणनामा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकी रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् । 

रेनु ६६७८ मतसहित अग्रता लिँदा नेकपा एमालेका विजय सुवेदीले ६४५२ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३२५५ पाएका छन् ।

उपमेयरमा कांग्रेसकी चित्रसेन अधिकारी अग्रता फराकिलो बनाउँदै लगेकी छन् । उनले ८१२० मत पाउँदा राप्रपाकी हिमला गुरुङले ५३९६ मत पाएकी छन् ।
 





  • प्रकाशित मिति : जेठ ३, २०७९ मंगलबार १६:१०:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया