१९ जना कोरोना संक्रमित थपिए, १४९ जना सक्रिय संक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा १९ जना कोरोना संक्रमित थपिएका छन् । आज थपिएकासँगै नेपालमा सक्रिय संक्रमितको संख्या १४९ रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार ३ हजार ५६५ पिसिआर परीक्षणमा १८ जना र ६३२ एन्टिजेन परीक्षणमा १ जना गरी कुल १९ जनामा भाइरसको संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, विगत २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ ।

यसैगरी, मंगलबार १८ जना निको भएसँगै हालसम्म ९ लाख ६६ हजार ९२१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।





  • प्रकाशित मिति : जेठ ३, २०७९ मंगलबार १८:१२:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया