एक महिनापछि खुल्यो त्रिविको ‘तालाबन्दी’

काठमाडौं– एक महिनादेखि बन्द रहेको त्रिविको मानविकी तथा सामाजिक शास्त्र संकायको डिन कार्यालय खुलेको छ । गत मंसिर २० गतेबाट नेपाल राष्ट्रिय प्राध्यापक संगठनले तालाबन्दी गरेको कार्यालय शुक्रबारबाट खुलेको हो । 

गत मंसिर २० गते नेपाल राष्ट्रिय प्राध्यापक संगठनले कार्यालयमा भएको पार्टीकरण, आर्थिक अनियमितता, सहायक डिनको नियुक्तिलगायतका विषयमा आफ्नो माग राख्दै डिन कार्यालयमा तालाबन्दी गरेको थियो । 

संगठनका अध्यक्ष जगदीशचन्द्र भण्डारीका अनुसार सहमति हुने देखिएपछि तालाबन्दी खुलाइएको हो । उनले भने, ‘पदाधिकारीसँग मौखिक सहमति भएको छ । हाम्रा माग पूरा गर्ने प्रतिबद्धता देखाएपछि हामीले तालाबन्दी हटाएका हौं ।’

सहायक डिनको पदमा आफ्ना संगठनका मान्छेलाई सिफारिस नगरेको भन्दै संगठनले ताला लगाएको डिन शिवलाल भुसालले बताएका थिए । उनका अनुसार नाम सिफारिस गरेपछि संगठनले शुक्रबारबाट तालाबन्दी हटाएको छ । उनले भने, ‘सहायक डिनको पदमा दुई वा तीनजना राख्ने भन्ने जिम्मेवारी उपकुलपतिको हो । संगठनसँग सहमति गरेर सहायक डिनको नाम सिफारिस गरेपछि तालाबन्दी हटाइएको हो ।’
 





  • प्रकाशित मिति : पुस २२, २०७५ आइतबार १४:११:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया