धनगढीमा स्वतन्त्र उम्मेदवार हमाल दोब्बर बढी मतले अगाडि, पछ्याउँदै गठबन्धनका वड

कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले दोब्बर मतका साथ अग्रता कायमै राखेका छन् । उनी गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर वडभन्दा ५ हजार ६५९ मतले अगाडि रहेका हुन् ।

निर्वाचन कार्यालयले केहीबेर अगाडि सार्वजनिक गरेको तथ्यांकअनुसार हमालले १० हजार ८२५ मत पाएका छन् । यस्तै, उनका निकटतम प्रतिद्वन्द्वी वडले ५ हजार १६६ र नेकपा एमालेका रणबहादुर चन्दले २ हजार ४६२ मत पाएका छन् ।

उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ४ हजार ६८८ मतका साथ अग्रता कायमै राखेकी छन् । एमालेकी कन्दकला रानाले ४ हजार २४६ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले २ हजार ६४२ मत पाएका छन् । 

उपमहानगरका १९ वडा मध्ये १, २, १८ र १९ को मतगणना सम्पन्न भइसकेको छ । १, २ र १९ का वडाध्यक्षमा कांग्रेस प्यानलसहित विजयी भएको छ ।

त्यस्तै, वडा नम्बर १८ मा एमालेका उम्मेदवार प्यानलसहित विजयी भएका छन् । अहिले वडा नम्बर ३, ४, १६ र १७ को मतगणना जारी छ । ६३ हजार ७१५ मत खसेकोमा बुधबार बिहानसम्म २३ हजार २२३ मतगणना भएको छ । 
 





  • प्रकाशित मिति : जेठ ४, २०७९ बुधबार ८:५:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया