जुम्लाको तिला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका मोतिलाल रोकाया र उपाध्यक्षमा गोरीकला बुढा (कल्पना) विजयी भएका छन् । रोकाया कांग्रेसका एकराज उपाध्यायलाई २१ मतअन्तरले पछि पार्दै विजयी बनेका हुन् ।
उनले १ हजार ९ सय ३६ मत प्राप्त गरेका हुन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका एकराज उपाध्याय १ हजार ९ सय १५ मत प्राप्त गरे ।
त्यस्तै, उपाध्यक्षतर्फ माओवादी केन्द्रकी बुढाले २ हजार ४ मत प्राप्त गरिन् । उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सुस्मा श्रेष्ठले १ हजार ८ सय ७ मत ल्याइन् ।
०७४ को निर्वाचनमा तिला गाउँपालिकामा एमालेबाट रतन नाथ योगी अध्यक्षमा विजयी भएका थिए । माओवादी केन्द्रकै विष्णुमाया बुढाले उपाध्यक्षमा जितेकी थिइन् । यसपटक तिला गाउपालिकामा ६ हजार ३ सय ३१ मत खसेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।