विराटनगर महानगर : नागेशले कटाए १४ हजार मत, उपमेयरमा कार्कीको फराकिलो अग्रता

विराटनगर महानरपालिकामा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नागेश कोइरालाले लगातार मतान्तर बढाउँदै लगेका छन् । सुरुदेखि नै अग्रता बनाएका उनले ४४ हजार ५ सय ६८ मत गणना हुँदा पनि फराकिलो मत अन्तरसहित अग्रता कायमै राखेका हुन् ।

अहिलेसम्म कोइरालाले १४ हजार ६१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सागर थापाले १० हजार ६ सय ९२ मत पाएका छन्  कोइराला र थापाबीचको मतान्तर ३३६९ छ । 

त्यस्तै, जसपाबाट विद्रोह गरेर मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका उमेश यादवले ४ हजार ५ सय १ मत प्राप्त गरेका छन् । राप्रपाका प्रह्लाद साहले २ हजार ८ सय ५४ मत पाएका छन् ।

उपमेयर भने एमालेकी शिल्पा कार्की फराकिलो मतान्तरसहित अगाडि छिन । उनले ४ हजार ७ सय ९२ मतान्तर बनाएकी छन् । कार्कीले अहिलेसम्म १२ हजार २ सय ३२ र जसपाका अमरेन्द्र यादवले ७ हजार ४ सय ४० मत पाएका छन् ।

राप्रपाकी विन्दा लुइँटेलले ३ हजार ४ सय ७० र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले २ हजार ५ सय ४९ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
 





  • प्रकाशित मिति : जेठ ४, २०७९ बुधबार ११:३९:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया