रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा माओवादी केन्द्र निर्वाचित भएको छ । नगरपालिकाको प्रमुख पदमा पुष्प वादी (६,८८२) र उपप्रमुख पदमा इश्वरीकुमारी शर्मा (७,००३) विजयी भएका हुन् ।
उनीहरू दुवैजना माओवादी केन्द्रका उम्मेदवार हुन् ।
यसैगरी वडा तर्फ वडा नं. १ मा इन्द्रे गिरी, २ मा वीरबहादुर राना, ३ मा लालबहादुर बुढा, ४ मा गोपालबहादुर भण्डारी, ५ मा खुमबहादुर खड्का, ७ मा भीमप्रसाद जैसी ८ मा शसिराम बिक, १० मा वीरेन्द्र रोकाय, ११ मा तुल्से वली, १२ मा टीकाराम ओली, १३ मा श्रीकृष्ण शर्मा माओवादी केन्द्रबाट विजयी भएका छन् ।
त्यस्तै, ६ मा जयप्रकाश बोहरा नेपाली, ९ मा नरबहादुर मल्ल र १४ नम्बर वडामा थलबहादुर कुँवर नेपाली कांग्रेसबाट निर्वाचित भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।