९९ वर्षीय गुरुङले स्टेचरमा आएर फेरि गरे मतदान

तनहुँमा ९९ वर्षीय जेक्ष्ठ नागरिक वृषसिंह गुरुङले स्टेचरमा आएर पुनः मतदान गरेका छन् । उनले यसअघि ३० वैशाखमा पनि मतदान गरेका थिए । 

व्यास नगरपालिकाको नगर प्रमुखका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीमाथि कुटपिट भएपछि रोकिएको मतदान केन्द्रमा बुधबार पुनः मतदान भइरहेको हो । 

व्यास नगरपालिका–८ को २ वटा मतदान केन्द्रमा आज पुनः मतदान भइहरहेको छ । निर्वाचन आयोगको शनिबार भएको निर्णयानुसार शुक्रबार भएको मतदानलाई रद्द गरी पुनः मतदान गर्नु भनी निर्देशन भई आएकाले बुधबार पुनः मतदान भएको हो । 

वडा नम्बर ८ को रिस्तीस्थित पुरानो गाविस भवन फेदी ‘क’ र ‘ख’ केन्द्रमा पुनः  मतदान भइरहेको छ । मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुङ्गानाका अनुसार बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म पुनः मतदान हुँदैछ ।   
 





  • प्रकाशित मिति : जेठ ४, २०७९ बुधबार १३:५०:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया