भरतपुर मतगणना अपडेट : रेनुले कटाइन् १० हजार मत, विजय १८ सय मतले पछि
फाइल तस्वीर

चितवनको भरतपुर महानगरपालिकाको मेयर पदकी उमेदवार रेनु दाहालले १० हजार मत कटाएकी छन् ।

अहिलेसम्म २८ हजार ६४ मतगणना गरिएको छ । ताजा मतपरिणामअनुसार दाहालले १० हजार ४४९ मत पाएकी छन् । 

उनले नेकपा (एमाले)का उमेदवार विजय सुवेदीसँगको मतान्तर फराकिलो बन्दै लगेकी हुन्  ।

नेकपा (माओवादी केन्द्र)की दाहालले सुवेदीलाई १८ सय ५२ मतान्तरले पछि पारेकी छन् । एमालेका सुवेदीले आठ हजार ५९७ मत ल्याएका छन् ।

स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले चार हजार ६९६ मत प्राप्त गरेका छन् । 





  • प्रकाशित मिति : जेठ ४, २०७९ बुधबार १४:३८:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया