लमजुङ : मध्यनेपालको मेयरमा कांग्रेसका पाण्डे र उपमेयरमा एमालेकी गुरुङ विजयी

लमजुङको मध्यनेपाल नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमाले विजयी भएको छ । 

मध्यनेपाल मेयरमा एमालेलाई पराजित गर्दै गठबन्धनका कांग्रेसका उम्मेदवार रमेशकुमार पाण्डे विजयी भएका हुन्। उपमेयरमा भने एमालेकी सीता गुरुङ निर्वाचित भएकी छिन् ।

मेयरमा निर्वाचित कांग्रेसका पाण्डेले  ६  हजार ५५२ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका राजकुमार श्रेष्ठले ६ हजार २१४ मत प्राप्त गरेका छन्।

यसैगरी, नगरपालिकाको उपमेयरमा एमालेकी सीता गुरुङ  विजयी भएकी छिन्। उनले ६ हजार ४ सय ७६ मत प्राप्त गरेकी छन्। गठबन्धनबाट  माओवादी केन्द्रबाट उपमेयरका उम्मेदवार बनेका उपेन्द्र अधिकारीले ५ हजार ६५  मत प्राप्त गरे ।  

यसअघि पाँच वर्ष नगरपालिकाको प्रमुखमा रहेर काम गरेका पाण्डे पुनः दाेस्राे कार्यकालका लागि नगरप्रमुखमा निर्वाचित भएका हुन् ।

मध्यनेपालमा  २०७४ को स्थानीय तहमा कांग्रेसले प्रमुख र एमालेले उपप्रमुख जितेको थियो। २०७४ मा एमाले र माओवादी केन्द्रबीच तालमेल भएको थियो ।





  • प्रकाशित मिति : जेठ ४, २०७९ बुधबार १५:५१:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया