भरतपुरमा रेणुलाई १९ सय ६ मतको अग्रता

भरतपुर महानगरपालिकामा २९ हजार चार सय ४६ मत गणना हुँदा नेकपा माओवादी केन्द्रबाट मेयरकी उम्मेदवार रेणु दाहाल १९ सय ६ मतले अघि लागेकी छिन् । उनले १० हजार सात सय ४८ मत ल्याएकी छिन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेबाट मेयरका उम्मेदवार विजय सुवेदीले आठ हजार आठ सय ४२ मत ल्याएका छन् । यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले चार हजार आठ सय ८३ मत ल्याएका छन् । 

यसैगरी, उपमेयरमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी चित्रसेन अधिकारीले १२ हजार आठ सय ५८ मत ल्याएकी छिन् भने राप्रपाकी हिमला गुरुङले सात हजार एक सय ६६ मत ल्याएकी छिन् ।
 





  • प्रकाशित मिति : जेठ ४, २०७९ बुधबार १६:१४:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया