मुम्बई– बलिउड स्टार आयुष्मान खुरानाकी पत्नी ताहिरा कश्यप ब्रेस्ट क्यान्सरसँग लड्दै छिन् । यस्तो विसम परिस्थिमा पनि उनले हिम्मत भने हारेकी छैनन् । बरु, उनले देखाएको हिम्मत अरुका लागि सन्देश बनेको छ ।
ताहिराको अन्तिम किमोथेरापी सफल भएको छ । उनले यो खुसी इन्स्टाग्रामबाट सेयर गरेकी छिन् ।
ताहिराले थुप्रै भिडियो सेयर गरेर आफू इन्जोए गरिरहेको देखाइन् । अप्ठेरो अवस्थामा आफूलाई सहयोग र माया गर्ने सबैलाई धन्यवाद दिन एक भिडियो बनाइन् ।
योसँगै, उनले आफ्नो इन्स्टाग्राम स्टोरीमा आफूलाई उपचारका क्रममा सहयोग गर्ने अस्पतालका नर्सहरुसँगको फोटो सेयर गरिन्, र लेखिन्, ‘तपाईंहरु सबैसँग म फेरिफेरि भेट्न पाऊँ, तर अबचाहिँ अस्पतालबाहिर, अस्पतालभित्र होइन ।’
ताहिराले आफूलाई क्यान्सर भएको खबर पनि आफैँले सार्वजनिक गरेकी थिइन् । त्यतिवेला उनले भनेकी थिइन् कि उनको दाहिने स्तनमा कोषिकाको डिसिआइएस छ । ताहिराले त्यसबखत मास्टेक्टोमी गराएकी थिइन्, र लगत्तै आफ्नो काममा फर्किइएकी थिइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।