विराटनगर मेयरमा नागेशको ३९ सय मतको अग्रता, उपमेयरमा शिल्पाले बढाउँदै मतान्तर

मोरङको विराटनगरमा महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका नागेश कोइरालाले अग्रता कायम राखेका छन् । उनले आफ्ना प्रतिस्पर्धी एमालेका उम्मेदवार सागर थापाभन्दा ३ हजार ९३७ मतले अग्रता लिएका छन् । 

ताजा मत परिणामअनुसार कांग्रेसका कोइरालाले १५ हजार ४३० मत प्राप्त गरेका छन् भने थापाले ११ हजार ४ सय ९३ मत पाएका छन् । स्वतन्त्रतर्फका उमेश यादवको ४ हजार ८०७ मत आएको छ ।

त्यस्तै, उपमेयरमा एमालेकी उम्मेदवार शिल्पा निराला कार्की अग्रता कायमै छ । उनले १३ हजार १७९ मत प्राप्त गर्दा गठबन्धनतर्फ उम्मेदवारी दिएका जसपाका अमरेन्द्र यादवले ७ हजार ९४६ मत रहेको छ । 

कार्की र यादवबीचको मतान्तर ५ हजार २३३ रहेको छ । राप्रपाकी उम्मेदवार विन्दा लुइँटेल आचार्यले ३ हजार ७७९ मत प्राप्त गरेकी छन् । अहिलेसम्म यहाँ ४८ हजार २०१ मत गणना भएको छ । मत गणना जारी छ ।





  • प्रकाशित मिति : जेठ ४, २०७९ बुधबार २०:१५:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया