शुक्लागण्डकी नगरपालिकामा कांग्रेसका कृष्णराज र माओवादीका खुमबहादुर विजयी

तनहुँको शुक्लागण्डकी नगरपालिकाको मेयर र उपमेयरमा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । मेयरमा नेपाली कांग्रेसका कृष्णराज पण्डित र उपमेयरमा नेकपा माओवादी केन्द्रका खुमबहादुर विक (राजु) निर्वाचित भएका हुन् । पण्डितले १२ हजार २६३ र विकले १० हजार २६२ मत प्राप्त गरे । 

मेयरका उम्मेदवार नेकपा एमालेको मुक्ति तिम्सिनाले नौ हजार ८४० मत प्राप्त गरे । उपमेयरमा एमालेकी फुलमाया वाग्लेले नौ हजार ९५७ मत पाइन् ।  मेयरमा दुई हजार ४२३ र उपमेयरमा ३०५ मतान्तर रह्यो ।

शुक्लागण्डकीमा नगरपालिकामा ६७.८५ प्रतिशत मत खसेको थियो । ३८ हजार ३१५ मतदाता रहेकोमा २५ हजार ९९७ जनाले मात्र मतदान गरेका थिए ।

अघिल्लोपटक नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेले जित हासिल गरेका थिए । उपमेयर गुमाएको एमालेले वडामा समेत एक वडा कम जित दर्ता गराएको छ । एमालेले यसपालि छ वडामा वडाध्यक्ष जितेको छ । नेपाली कांग्रेसले पाँच र नेकपा माओवादी केन्द्रले एक वडामा वडाध्यक्ष जितेका छन् ।  कांग्रेसले अघिल्लोपटक तीन र माओवादीले दुई वडा जितेका थिए । 

शुक्लागण्डकी नगरपालिकाको नगरसभामा नेकपा एमालेले बहुमत सदस्य जितेको छ । ३५ नगरसभा सदस्य एमालेले जितेको हो । यस्तै कांग्रेसले मेयर सहित २४ नगरसभा सदस्य र माओवादी केन्द्रले उपमेयर सहित तीन नगरसभा सदस्य जितेको छ । 

शुक्लागण्डकी–१ मा कांग्रेसका रविचन्द्र पौडेलको प्यानल विजयी छ । वडा नम्बर २ को अध्यक्षमा कांग्रेसका सुमनबहादुर राना मगरले जित्दा चार वडा सदस्य एमालेले जितेको छ । वडा नम्बर ३ को अध्यक्षमा कांग्रेसका सचिन भुजेल सहित प्यान विजयी भएको छ । ४ मा नेपाली कांग्रेसका राजकुमार वाग्ले निर्वाचित भए । राजकुमारले प्यानलै विजयी भएको हो ।



वडा नम्बर ५ को अध्यक्ष नेकपा एमालेका दीर्घबहादुर थापा प्यानलसहित विजयी भए । ६ मा नेकपा एमालेका बुद्धिबहादुर थापा प्यानलसहित विजयी भए । वडा नम्बर ७ मा कांग्रेसका खड्कसिंह थापा विजयी भए । 

वडा सदस्यमा एकजना कांग्रेस र तीनजना एमालेका विजयी भए । वडा नम्बर ८ मा एमालेका नारायणसिंह थापा विजयी भए । कांग्रेसका दुई र एमालेका दुई वडा सदस्य विजयी भएका छन् । वडा नम्बर ९ को वडाध्यक्षमा नेकपा एमालेका बाबुराम पुलामी सहित प्यानल विजयी भयो ।



वडा नम्बर १० को वडाध्यक्षमा माओवादी केन्द्रका राजेन्द्र भट्टराई क्षेत्री विजयी भए । वडा सदस्य एमाले र कांग्रेसका दुई–दुईजना विजयी भएका छन् । वडा नम्बर ११ को वडाध्यक्षमा सालिकराम भट्टराई विजयी भएका छन् । वडा सदस्यमा दुईजना एमाले, कांग्रेस र माओवादीका एक–एकजना विजयी भए । वडा नम्बर १२ मा नेकपा एमालेका इन्द्र गुरुङसहित उनको प्यानल विजयी भएको हो ।

  • प्रकाशित मिति : जेठ ४, २०७९ बुधबार २१:५४:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया