भरतपुरमा मतान्तर बढाउँदै रेनु, एमालेका सुवेदी झण्डै ३ हजार मतले पछाडि

चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनबाट मेयर उम्मेदवार रहेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायमै राखेकी छन् ।

आज बिहानसम्म ३७ हजार ८६७ मतगणना हुँदा दाहालले १४ हजार ३७७ मत पाउँदै अग्रता कायमै राखेकी हुन् । उनलाई एमाले–राप्रपाका उम्मेदवार विजय सुवेदी ११ हजार ४३१ मतले पछ्याइरहेका छन् । 

दाहाल र सुवेदीबीचको मतान्तर २९४६ रहेको छ । कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ५ हजार ९९७ मत पाएका छन् । 

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी १६ हजार ७४१ मतसहित अगाडि छन् । उनका प्रतिस्पर्धी राप्रपा उम्मेदवार हिमला गुरुङले ९ हजार २६९ मत ल्याएकी छन् ।  





  • प्रकाशित मिति : जेठ ५, २०७९ बिहीबार ७:११:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया