अर्थमन्त्रीलाई सभामुखको निर्देशन : संसद् बैठकमा उपस्थित हुनू

सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई प्रतिनिधिसभा बैठकमा उपस्थित हुन निर्देशन दिएका छन् । बुधबारबाट प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७९/८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलमा सहभागी भइरहेको छ । 

मंगलबार पेस गरिएको  विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि बुधबारबाट छलफल सुरु भएको हो । तर, बिहीबार छलफल सुरु भइसक्दा पनि अर्थमन्त्री शर्मा उपस्थित नभएपछि प्रमुख प्रतिपक्षी एमाले संसदीय दलका प्रमुख  सचेत विशाल भट्टराईले सभामुख सापकोटाको ध्यानाकर्षण गराए । 

त्यसपछि सभामुख सापकोटाले अर्थमन्त्री शर्मालाई बैठकमा उपस्थित हुन र उनको अनुपस्थित रहुन्जेलसम्म उपस्थित अन्य मन्त्रीले टिपोट गरेर रिपोर्टिङ गर्न पनि निर्देशन दिए । यसपछि छलफलमा सहभागी कांग्रेस सांसद मिनेन्द्र रिजालले पनि अर्थमन्त्री शर्माको अनुपस्थितको विरोध जनाए ।  





  • प्रकाशित मिति : जेठ ५, २०७९ बिहीबार १३:३९:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया