भरतपुरमा ५४ हजार मतगणना : रेनुको अग्रता कायमै, एमालेका विजय ३३ सय भोटले पछाडि

चितवनको भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार रहेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायमै राखेका छन् ।  

पछिल्लो विवरणअनुसार उनले ३३१० मतको अग्रता कायमै राखेकी हुन् । ५४ हजार ४२ मत गणना हुँदा उनले २० हजार ४९२ मत प्राप्त गरेकी छन् । एमाले–राप्रपाका मेयर प्रत्यासी विजय सुवेदीले १७ हजार १८२ मत पाएका छन् । 

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ७८८२ मत प्राप्त गरेका छन् । उपमेयरमा गठबन्धनका चित्रसेन अधिकारीले २२ हजार ९५२ मत र राप्रपाकी हिमला गुरुङ्गले १३ हजार ६४६ मत ल्याएकी छन् । 
 





  • प्रकाशित मिति : जेठ ६, २०७९ शुक्रबार ७:२२:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया