हेटौंडामा मतान्तर बढाउँदै मीना, पछ्याउँदै अनन्त र दीपक

मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको मेयरमा गठबन्धनको तर्फबाट उम्मेदवार रहेकी एकीकृत समाजवादीकी मीनाकुमारी लामाले अग्रतालाई कायमै राखेकी छन् ।

६३ हजार १२४ मतगणना भइसक्दा लामाले १९ हजार ९६४ मत प्राप्त गर्दै अग्रता कायमै राखेकी हुन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले १८ हजार १९२ मत प्राप्त गरेका छन् । लामा र पौडेलबीचको मतान्तर १७७२ रहेको छ । 

तेस्रो स्थानमा रहेका राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहले १७ हजार ५६० मत ल्याएका छन् । उनी एमालेका पौडेलभन्दा ६३२ मतले पछाडि छन् ।  
 





  • प्रकाशित मिति : जेठ ६, २०७९ शुक्रबार ७:२८:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया