धनगढीमा गोपाल हमालले कटाए १९ हजार मत, गठबन्धनका वड दोब्बरले पछाडि

कैलालीको धनगढी उपमहानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले १९ हजार मत कटाएका छन् । ४२ हजार २३० मत गणना हुँदा उनले १९ हजार १४७ मत पुर्याएका हुन् ।  

हमालका प्रतिस्पर्धी गठबन्धनको तर्फबाट मेयरका प्रत्यासी रहेका नेपाली कांग्रेसका नृपबहादुर वडले ९ हजार ५५७ मत प्राप्त गरेका छन् । उनी हमालभन्दा ९ हजार ५९० मतले पछाडि छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेकपा एमालेका रणबहादुर चन्दले ४ हजार ६६४ मत पाएका छन् । त्यस्तै, उपमेयरमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी शान्ति अधिकारीले ८ हजार ८१५ मतका साथका अग्रता कायमै राखेकी छन् ।

उनलाई पछ्याइरहेकी एमालेकी कन्दकला रानाले ८ हजार १४१ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ५ हजार ३६ मत पाएका छन् ।

१९ वटा वडा रहेको धनगढीमा हालसम्म १, २, ३, ४, १६, १७, १८ र १९ को मतगणना सकिएको छ । यसपालि धनगढीमा कुल ६३ हजार ७१५ मत खसेको थियो । अहिले धनगढीका ५ वडाको मत गणना जारी छ ।

अहिले वडा नम्बर ५, ६, ७, १४ र १५ को मत गणना भइरहेको हो । गणना भइरहेका वडामा पनि स्वतन्त्र उम्मेदवार हमालले अग्रता लिएका छन् । अझै वडा नम्बर ८, ९, १०, ११, १२ र १३ को मत गणना गर्न बाँकी नै छ । 





  • प्रकाशित मिति : जेठ ६, २०७९ शुक्रबार ७:४०:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया