काठमाडौं महानगरको झण्डै ७१ हजार मतगणना, बालेन र स्थापितबीचको मतान्तर साढे १२ हजार

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) ले अग्रता कायमै राखेका छन् । अहिलेसम्म ७० हजार ९६० मत गणना भइसक्दा उनले २६ हजार ८३८ मतका साथ अग्रता कायमै राखेका हुन् ।

बालेनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मेयर प्रत्यासी केशव स्थापितले १४ हजार २७७ मत पाएका छन् । स्थापित र शाहबीचको मतान्तर १२ हजार ५६१ रहेको छ । 

त्यस्तै, तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेस मेयर उम्मेदवार सिर्जना सिंहले १३ हजार ६७३ मत ल्याएकी छन् । सिंहले स्थापितसँगको मतान्तर घटाएकी छन् । उनी अहिले स्थापितभन्दा ६०४ मतले पछाडि छिन् । 
 
अहिले काठमाडौंका ६, ७, ८, २७, २८, २९, ३१, ३२ नम्बर वडाको मतगणना भइरहेको छ ।  १, २, ३, ४, ५ र ३० को मतगणना भने सकिसकेको छ ।     





  • प्रकाशित मिति : जेठ ६, २०७९ शुक्रबार ८:५९:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया