आजबाट स्थानीय तहमा नयाँ जनप्रतिनिधिको कार्यकाल सुरु

आजबाट स्थानीय तहमा नयाँ जनप्रतिनिधिको कार्यकाल सुरु भएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा मनोनित जनप्रतिनिधिको कार्यकाल बिहीबार रातिबाट सकिएसँगै नयाँ जनप्रतिनिधिहरूको कार्यकाल शुक्रबारबाट सुरु भएको हो । 

नयाँ कार्यकालका लागि भएको स्थानीय तह सदस्य निर्वाचन २०७९ को नतिजा केही स्थानमा आउन बाँकी छ । नयाँ जनप्रतिनिधिहरुको मतगणना कार्य नसकिए पनि आजबाट नै जनप्रतिनिधिको कार्यकाल सुरु भएको मानिने छ । तर, मत गणना नसकिएका स्थानीय तह भने आजबाट जनप्रतिनिधिविहीन हुनेछन् ।    

७ सय ५३ पालिकामा मेयर/अध्यक्ष ७ सय ५३ तथा उपमेयर/उपाध्यक्ष गरी ७ सय ५३ जना, ६ हजार ७ सय ४३ वडाध्यक्ष, ६ हजार ७ सय ४३ महिला सदस्य, ६ हजार ७ सय ४३ दलित महिला सदस्य र १३ हजार ४ सय ८६ जना खुला वडा सदस्य गरी ३५ हजार २ सय २१ जना जनप्रतिनिधि रहने व्यवस्था छ । 

देशभर ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २ सय ७६ नगरपालिका, ४ सय ६० गाउँपालिका र ६ हजार ७ सय ४३ वडा रहेका छन् । 





  • प्रकाशित मिति : जेठ ६, २०७९ शुक्रबार १०:१२:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया