हेटौंडा उपमहानगरपालिकामा गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) बाट मेयरकी उम्मेदवार मीना लामाले आफ्नो अग्रतालाई बढाएकी छन् ।
हालसम्म ६६ हजार ६६९ मतगणना हुँदा लामाले २१ हजार ३ सय ८८ मत प्राप्त गरेकी छन् ।
एमालेका अनन्त पौडेलले १८ हजार ५ सय ३५ मत प्राप्त गरेका छन् । राप्रपाका दीपकबहादुर सिंहले १७ हजार ६८९ मत प्राप्त गरेका छन् । लामाले २ हजार ८५३ को अग्रता कायम राखेकी छन् ।
अब लगभग ६५ सय मत गणना गर्न बाँकी छ । हाल मतगणना भइरहेको स्थानमा लामाकै अग्रता रहेका कारण उनी विजेता हुने अड्कल काट्न थालिएको छ । १९ वटा वडा रहेको हेटौंडा उपमहानगरपालिकामा
१, २, ३, ४, ५, ६, ७, ८, १४, १५, १६, १७, १८ र १९ नम्बर वडाको मतगणाना भइसकेको छ । अहिले ९, १०, ११, १२ र १३ नम्बर वडाको मतगणाना भइरहेको छ । आजै साँझसम्म मतगणाना सकिने बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।