हेटौंडामा मीना लामा जितनजिक, मतगणना नसकिँदै एमालेका उम्मेदवारले दिए बधाई
फाइल तस्वीर

हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार मीनाकुमारी लामाले सबैभन्दा धेरै मत प्राप्त गरेकी  छन्  । 

हेटौंडाको मेयरमा गठबन्धन आउने लगभग पक्कापक्की भएको छ । यता,  एमाले उम्मेदवार अनन्त पौडेलले हार स्वीकार गर्दै लामालाई बधाई दिएका छन् । मतगणना पुगेर लामालाई खादा लगाउँदै बधाई दिएका हुन् । 

उनी पौडेलभन्दा २ हजार मतले अगाडि छन् । हालसम्मको मतगणनामा लामाले २१ हजार ९९३ मत प्राप्त गरेकी छन् भने पौडेलले १९ हजार ९१६ मत प्राप्त गरेका छन् । 

त्यसैगरी राप्रपाका तर्फबाट मेयर पदका उममेदवार दीपकबहादुर सिंहले १९,३९३ मत प्राप्त गरेका छन् । 

करिब ४ हजार मत गन्न बाँकी छ । यहाँ ७३ हजार ४१४ मत खसेको थियो । अहिलेसम्म ६९ हजार ६९६ मत गणना भएको छ ।

अहिले पनि मतगणना भइरहेको छ । अबको केही समयभित्रै हेटौंडाको अन्तिम मतगणना सार्वजनिक हुने बताइएको छ । 





  • प्रकाशित मिति : जेठ ६, २०७९ शुक्रबार १६:५०:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया