काठमाडौं महानगर अपडेट : बालेनको मत साढे २९ हजार नाघे, स्थापित १३६६१ मतले पछि

काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहको मत साढे २९ हजार नाघेको छ । 

काठमाडौं महानगरको पछिल्लो मत परिणाम अनुसारा बालेनले २९ हजार ५८२ मत प्राप्त गरेका छन् । 

उनलाई पछ्याइरहेका एमालेका केशव स्थापितको मतसंख्या १५ हजार ९२१ रहेको छ । स्थापित बानलेन भन्दा  १३ हजार ६६१ मतले पछि छन् । 

त्यस्तै तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले पनि मतसंख्या १५ हजार कटाएकी छन् । 

ताजा मतपरिणाम अनुसार उनले १५ हजार १० मत पाएकी छन् । अहिलेसम्म ८ वटाको मतगणना सकिएको छ भने अन्य वडाको गणना जारी छ ।





  • प्रकाशित मिति : जेठ ६, २०७९ शुक्रबार १७:१५:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया