विराटनगरको मतगणना अन्तिम चरणमा : मेयरमा कांग्रेसका नागेश जितनजिक
७ हजार मत गन्न बाँकी, आजै अन्तिम परिणाम सार्वजनिक गर्ने तयारी
फाइल तस्वीर

विराटनगर महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । १९ वटा वडा रहेको विराटनगरको १६ वटा वडाको मतगणना सम्पन्न भएको छ । अब वडा नम्बर ९, १० र ११ को अहिले मतगणना सकिन बाँकी छ ।  

ती वडाको अहिले मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विराटनगरमा कुल ८९ हजार ७८९ मत खसेकोमा ७ हजार २ सय ६२ मत मात्र गन्न बाँकी रहेको जनाइएको छ । 

कार्यालयले सार्वजनिक गरेको परिणामअनुसार गठबन्धनको तर्फबाट मेयर उम्मेदवार नागेश कोइराला ७ हजार १ सय ८५ मतान्तरसहित अगाडि छन् । 

उनी जितनजिक पुगिसकेका छन् । उनले २७ हजार २६४ मत प्राप्त गर्दा एमालेका सागर थापाले २० हजार ७९ मत ल्याएका छन् । 

उपप्रमुखमा नेकपा एमालेकी शिल्पा कार्कीले २३ हजार ६ सय ३१ मत प्राप्त गर्दा गठबन्धनका साझा उम्मेदवार जसपाका अमरेन्द्र यादवले १३ हजार २ सय ३४ मत ल्याएका छन् । 

कार्की र यादवको मतान्तर १० हजार ३ सय ९७ रहेको छ । अब गणना गर्न बाँकी सबै मत यादवलाई आए पनि उनले जित्ने सम्भावना छैन । 



मुख्य निर्वाचन अधिकृतको कार्यालयले बाँकी रहेका वडाहरूको आजै मतगणना सम्पन्न गरि अन्तिम परिणाम सार्बजनिक गर्ने तयारी गरेको छ । 

विराटनगरमा १ लाख ३३ हजार मतदाता रहेकामा ३० वैशाखमा सम्पन्न निर्वाचनमा ८९ हजार ७ सय ८९ मत खसेको थियो ।



  • प्रकाशित मिति : जेठ ६, २०७९ शुक्रबार २०:९:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया