धनगढीमा स्वतन्त्र उम्मेदवार हमालको जित निश्चित, उपमेयरमा गठबन्धनलाई पछि पार्दै एमालेको अग्रता

कैलालीको धनगढी उपमहानगरपालिकामा गोपाल हमालको जित निश्चित बनेको छ । उपमहानगरपालिकामा १० हजार मत गन्न बाँकी रहदा हमालले ११ हजारको मतले अग्रता लिइरहेका छन् ।

सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिकामा कांग्रेसका उम्मेदवार नृपबहादुर वड भन्दा ११ हजार ५९४ मतले अघि रहेका हमालको बाँकी रहेको मत गन्नु अगावै जित निश्चित भएको हो । अहिलेसम्मको मतगणना परिमाण अनुसार गणना भएको जम्मा मत ५३ हजार ५१ मध्ये हमालले २३ हजार ३८४ मत प्राप्त गरिसकेका छन् ।

त्यही, कांग्रेसका वडको मत ११ हजार ७४० छ भने एमालेका उम्मेदवार रणबहादुर चन्दको ६ हजार ६८९ रहेको छ । हमालले ११ हजार ५९४ मतले अग्रता लिइरहेका छन् । १९ वडा रहेको उपमहानगरपालिकामा ६३ हजार ७१५ मत खसेको थियो । अब गन्न बाँकी मत १० हजार ६६४ मात्रै रहेको अवस्थामा स्वतन्त्र उम्मेदवार हमालको जित निश्चित भएको हो । २०७४ को निर्वाचनमा हमाल कांग्रेसका वडसँग २ हजार ७९७ मतले पराजित भएका थिए ।

यस्तै उपमेयरमा गठबन्धनकोतर्फबाट माओवादी केन्द्रकी शान्ति अधिकारीलाई एमालेकी कन्दकला रानाले उछिनेकी छिन् । रानाले १० हजार ८८० र अधिकारीले १० हजार ७०२ मत पाएकी छिन् । अव ९, १०, ११ मात्र गणना गर्न बाँकी रहेको छ ।





  • प्रकाशित मिति : जेठ ७, २०७९ शनिबार ८:५६:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया