काठमाडौंः बालेन स्थापितभन्दा १५ हजार मतले अगाडि, ९० हजार मत गनियो

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो अग्रता कायम राखेका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वीभन्दा १५ हजारभन्दा बढी मतले अग्रता लिएका छन् । 

बालेनलाई नेकपा एमालेका उम्मेदवार केशव स्थापितले पछ्याउँदै छन् ।

मेयरको दौडमा तेस्रो नम्बरमा नेपाली कांग्रेसकी सिर्जना सिंह रहेकी छिन् । 

महानगरपालिकामा अहिलेसम्म ९० हजार २९२ मत गनेर सकिएको छ । यसमा बालेनले ३३ हजार २ सय ६० मत पाएका छन् । स्थापितले १७ हजार ६ सय ९२ र सिर्जना सिंहले १७ हजार ५७९ मत पाएकी छिन् ।





  • प्रकाशित मिति : जेठ ७, २०७९ शनिबार ९:१५:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया