भरतपुरमा २४ घण्टायता विद्युत सेवा अवरुद्ध

स्थानीय निर्वाचनका कारण चर्चामा रहेको भरतपुरमा २४ घण्टायता विद्युत सेवा अवरोध भएको छ । शुक्रबार साँझ आएको हावाहुरीले रूख र बिजुलीका पोल ढालेपछि अवरूद्ध भएको विद्युत् शनिबार साँझसम्म पनि सञ्चालनमा आउन सकेको छैन ।

विद्युत् प्राधिकरणको भरतपुर शाखाका अनुसार भरतपुर सबस्टेसनबाट वितरण भएको बिजुली सेवा अवरूद्ध छ । चनौली सबस्टेसनबाट वितरण हुने बिजुलीमा भने समस्या छैन ।

भरतपुर पश्चिममा बिजुली छ, तर सदरमुकाम भरतपुर क्षेत्र, नारायणगढ बजार क्षेत्र र पूर्वी चितवनको रत्ननगर खैरहनीसम्म बिजुली छैन । लामो समय  बिजुली नहुँदा मोबाइल फोन सेवासमेत प्रभावित भएको छ । 

शनिबार राति अवेरसम्म संवेदनशील क्षेत्रमा आपूर्ति सुरू गर्ने योजनाका साथ काम जारी राखेको प्राधिकरणले जनाएको छ ।

शुक्रबारको हावाहुरीका कारण भरतपुरमा तीनजनाको ज्यान गएको छ । कम्तीमा १० जना घाइते भएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
 





  • प्रकाशित मिति : जेठ ७, २०७९ शनिबार २०:११:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया