मकवानपुरमा सबै स्थानीय तहको नतिजा सार्वजनिक, कुन पालिकामा कसको जित ?

मकवानपुरमा स्थानीय तह सदस्य पदका लागि ३० वैशाखमा भएको मतदानको नतिजा सार्वजनिक भएको छ । जिल्लाका १० स्थानीय तहहरूमध्ये सबैभन्दा धेरै पालिकामा नेपाली कांग्रेसले जित हासिल गरेको छ । गठबन्धनबाट चुनावी मैदानमा होमिएको कांग्रेसले ५ वटा स्थानीय तहमा नेतृत्व पाएको हो ।

जिल्लाको मकवानपुरगढी गाउँपालिका, बकैया गाउँपालिका, मनहरी गाउँपालिका, कैलाश गाउँपालिका र राक्सिराङ गाउँपालिकाको नेतृत्व कांग्रेसका उम्मेदवारले पाएका छन् । माओवादी केन्द्रले २ वटा गाउँपालिकाको नेतृत्व पाएको छ ।

पूर्वी मकवानपुरको बागमती गाउँपालिका र उत्तरी मकवानपुरको थाहा नगरको नेतृत्व माओवादी केन्द्रले पाएको हो । त्यस्तै, नेकपा एमालेले पनि २ वटा गाउँपालिकामा आफ्नो जित हासिल गरेको छ ।

ईन्द्रसरोवर गाउँपालिका र भीमफेदी गाउँपालिकामा नेकपा एमालेले जित हासिल गरेको हो । त्यस्तै हेटौंडा उपमहानगरपालिकामा गठबन्धनतर्फ नेकपा एकीकृत समाजवादीले जित हासिल गरेको छ ।

कुन पालिकामा कसको जित ?

हेटौंडा



हेटौंडाको अन्तिम मतपरिणाम अनुसार लामा विजयी हुँदै लामाले हेटौंडा नगरको पहिलो महिला मेयरको इतिहास रचेकी छन् । उनले नेकपा एमालेका अनन्त पौडेललाई पराजित गर्दै २३ हजार ७५ मत प्राप्त गरेर विजयी भएकी हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अनन्तप्रसाद पौडेलले २० हजार ९ सय ८ मत ल्याए । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपकबहादुर सिंह २० हजार ५ सय ३१ मत ल्याए ।



उपमेयरमा नेपाली कांग्रेसका राजेश बानियाँ ३२ हजार ५ सय ९३ मत प्राप्त गर्दै विजयी बने । बानियाँका निकटतम प्रतिस्पर्धी एमालेकी सुमित्रा काफ्लेले २३ हजार ९ सय ६ मत ल्याउँदा तेश्रो स्थानकी राप्रपाकी इन्दीरा न्यौपानेले ५ हजार ४ सय ८६ मत ल्याइन ।

थाहा

थाहा नगरपालिकामा माओवादी कांग्रेस गठबन्धन उमेदवार विजयी भएका छन् । थाहा नगरको मेयरमा माओवादी केन्द्रका उमेदवार विष्णु विष्ट र उपमेयरमा नेपाली कांग्रेसका उमेदवार भरत गोपाली विजयी भएका हुन् ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा पनि थाहामा सत्तारुढ गठबन्धन नै विजयी भएको थियो । यो पटक कुल २३ हजार ५६ मत खसेकोमा मेयरमा विष्टले ९ हजार ७ सय १९ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटतम नेकपा एमालेका उम्मेदवार अच्युतम ढकालले ७ हजार ७ सय ७१ मत प्राप्त गरे । यस्तै, उपमेयरमा कांग्रेसका भरत गोपालीले ८ हजार ६ सय ७ मत प्राप्त गरि विजय भएका हुन् ।

उनको निकटतम प्रतिद्वन्द्वी एमालेकी कल्पना बलामीले ८ हजार ५ सय २२ मत प्राप्त गरिन् । थाहा नगरमा नेकपा माओवादीले ६ वटा वडा, नेपाली कांग्रेस ३ वडा र नेकपा एमालेले ३ वडामा विजयी भएका छन् । १२ वडा रहेको यो नगरमा यसअघिको निर्वाचनमा माओवादी कांग्रेस गठबन्धन विजय भएको थियो ।

इन्द्रसरोवर

जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । इन्द्रसरोवर गाउँपालिकामा एमालेका देवकृष्ण पुडासैनी विजयी भएका हुन् । इन्द्रसरोबर गाउँपालिकाको उपाध्यक्षमा पनि नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

इन्द्रसरोबारको अध्यक्षमा एमालेका देवकृष्ण पुडासैनीले ३ हजार ७ सय २२ मत ल्याएर जित हात पारेका हुन् । कांग्रेसका विश्व लामा ३ हजार ४ सय ७२ मत पाएर पराजित भए । निवर्तमान अध्यक्षसमेत रहेका एकीकृत समाजवादीका जीवन लामाले ४ सय ७९ मत ल्याएका थिए ।

उपाध्यक्षमा पनि एमालेकै उमाकुमारी लामाले जित हासिल गरेकी छन् । उनले ३ हजार ७ सय २५ मत पाएर विजयी भएकी हुन् । कांग्रेसकी निर्मला रुम्बाले ३ हजार ६ सय ५६ मत ल्याएर हार ब्यहोरेकी हुन् ।

भीमफेदी

मकवानपुरको भीमफेदी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका हिदम लामा विजयी भएका छन् । उनले पाँच दलीय गठवन्नधको तर्फबाट माओवादीका अध्यक्ष उम्मेदवार बद्रीबहादुर स्याङ्तानलाई पराजित गरेका हन् ।

लामाले ५ हजार ५ सय ९१ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी स्याङ्तानले ५ हजार २ सय ९ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा भने गठवन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार संजिव श्रेष्ठ विजयी भएका छन् ।

श्रेष्ठले ५ हजार ३ सय १५ मत प्राप्त गरे । एमालेकी पार्वती राना १६ मतान्तरले पराजित भएकी छन् । भीमफेदीका नवनिर्वाचित अध्यक्ष लामा सोही पालिकाको निवर्तमान अध्यक्ष समेत हन् ।

कैलाश

जिल्लाको कैलाश गाउँपालिकामा गठबन्धनका अध्यक्ष पदका उम्मेदवारले जित हासिल गरेका छन् । मकवानपुरको कैलाश गाउँपालिकाको अध्यक्षमा लोकबहादुर मोक्तान निर्वाचित भएका छन् ।

गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका  मोक्तानले ४ हजार ८ सय ९७  मत प्राप्त गदगर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा  एमालेका नरेन्द्र रिजालले ४ हजार ९३ मत मात्र प्राप्त गरेका थिए । यस्तै, गाउँपालिकाको उपाध्यक्षमा गठबन्धनबाट (नेकपा माओवादी केन्द्र) का  बालकुमार मल्ल विजयी भएका हुन् ।

उनले ४ हजार ८८ मत प्राप्त गरेर उपाध्यक्ष पदमा जीत हासिल गरेका हुन् । त्यस्तै उनको निकटतम् प्रतिस्पर्धी नेकपा एमालेकी सुकुमाया थिङले ३ हजार ९ सय ३७ मत प्राप्त गरेर हार व्यहोरेकी थिइन् ।

राक्सिराङ

मकवानपुरको राक्सिराङ गाउँपालिकामा गठवन्धनका उम्मेदवारहरु विजयी भएका छन् । गठवन्धनको तर्फबाट नेपाली कांग्रेसका राजकुमार मल्ल ५ हजार ४ सय ८१ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बाबुलाल स्याङ्तानले ४ हजार ५ सय ७२ मत प्राप्त गरेर पराजित हुन् ।

उपाध्यक्षमा पनि गठवन्धनकै तर्फबाट नेकपा माओवादी केन्द्रका बनस्तम् थिङ निर्वाचित भएका छन् । थिङले ४ हजार ८ सय ३९ मत प्राप्त गर्दा उनका निकट्तम प्रतिस्पर्धी नेकपा एमालेकी सुन्तलीमाया प्रजाले ४ हजार १ सय २९ मत प्राप्त गरेर पराजित भएकी हुन् ।

मनहरी

मकवानपुरको मनहरी गाउँपालिकामा गठवन्धनले जित हाँसिल गरेको छ । गठबन्धनबाट अध्यक्षका प्रतिस्पर्धी नेपाली कांग्रेसका रञ्जन कालाखेतीले ९ हजार ३ सय ६६ मत प्राप्त गरेकर विजयी भएका छन् । उनको प्रतिद्वन्दी नेकपा एमालेका अध्यक्षका प्रत्यासी तथा निवर्तमान अध्यक्ष एकराज उप्रेतीले ४ हजार ९ सय ७० मत प्राप्त गरेका थिए । नेकपा (एस) ले १ हजार ६ सय १४ मत प्राप्त गरेको छ ।

उपाध्यक्ष तर्फ गठबन्धनबाट नेकपा माओवादीका सिता पुलामी मगर (रेखा) विजयी भएकि छिन् । रेखाले ७ हजार ४७० मत गर्दा नेकपा एमालेका सुजिता थिङले ५ हजार १३८ मत प्राप्त गरेकि छिन् । उपाध्यक्षका उम्मेदवार तथा निवर्तमान मनहरी गाउँपालिकाका उपाध्यक्ष मनिला विष्टले २ हजार १४१ मत प्राप्त गरेकी छिन् ।

मकवानपुरगढी

मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा ५ दलीय गठबन्धनको उमेद्वार विजयी भएका छन् । आज साँझ सम्पन्न मतगणनाको परिणाम अनुसार गठबन्धनबाट अध्यक्ष पदमा नेपाली कांग्रेसका दोर्जे लामा स्याङतान ६ हजार ७ सय ६ मत सहित विजयी भएका छन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका निर्वतमान गाउँपालिका अध्यक्ष विदुर हुमागाईले ५ हजार ६ सय ४५ मत ल्याए । यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अध्यक्ष पदमा विजय सिंह ठकुरीले १ सय ५० मत ल्याउँदा मंगोल नेशनल अर्गनाइजेसनका युवराज लामाले २४ मत, स्वतन्त्र उम्मेदवारहरु कृष्ण प्रसाद कंडेल १२ र नवराज तिमल्सिनाले १ मत ल्याउन सफल भए ।

यसैगरि,उपाध्यक्षमा गठबन्धनबाट नेकपा माओवादीकी मान कुमारी पाख्रीन ६ हजार ११० मत सहित विजयी भएकी छन् । उनका प्रतिस्पर्धी सन्तु थिङले ५ हजार २ सय ४ मत ल्याउँदा राप्रपाकी हिरा देवी हुमागाईले २ सय ७ मत ल्याइन् ।

यसअघि,२०७४ को स्थानीय निर्वाचनमा मकवानपुरगढीको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका थिए ।

बकैया

मकवानपुरको बकैया गाउँपालिकामा गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन् । अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका धर्मराज लामिछाने विजयी भएका हुन् ।

लामिछानेले ११ हजार २ सय ९२ मत प्राप्त गरेकाहुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी सरला बोलखेले ७ हजार ६६ मत प्राप्त गरिन् भने राप्रपाका रामप्रसाद दाहालले ३ सय ६९ मत र नेकपा एकीकृत समाजवादीका नारायण प्रसाद तिमल्सिनाले १ सय ३२ मत प्राप्त गरेका छन् ।

यसैगरी, गाउँपालिका उपाध्यक्ष पदमा गठबन्धनबाट नेकपा माओवादीका भक्तबहादुर खत्री विजयी भएका छन् । खत्रीले ९ हजार ५ सय २२ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लालबहादुर स्याङ्तानले ७ हजार ६ सय ५२ मत प्राप्त गरे ।

बागमती

बागमती गाउँपालिकामा गठबन्धनले विजय हासिल गरेको छ । बागमती गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका सर्केश घलानले विजय भएका हुन् । घलानले ७ हजार ३ सय ८४ मत ल्याउँदा उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका खेमराज जर्गामगरले ६ हजार १ ससय ६६ मत ल्याएका हुन् ।

गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसका फणीन्द्र तिमल्सिना विजयी भएका छन् । उनले ७ हजार ९ सय ३५ मत ल्याउँदा उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेकी धनमाया स्याङ्तानले ४ हजार ६ सय ६९ मत ल्याएकी थिइन् ।

बागमतीमा माओवादीबाट बागमती–१ मा यहुन्ना राई, बागमती २ मा जनक पहरी, बागमती ३ मा कमानसिं पाख्रिन, बागमती ४ मा दन्तलाल माझी, बागमती ५ मा विजय भोलनले जितेका छन् । एमालेबाट बागमती ६ मा टेकबहादुर डिम्डुङ, ७ मा उत्तर लामाले जित हासिल गरेका छन् । बागमती ८ मा  केशव तिमल्सिना र बागमती ९ मा पूर्णराम घलानले जितेका छन् ।

  • प्रकाशित मिति : जेठ ७, २०७९ शनिबार २०:१६:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया