‘स्क्विड गेम’ फेम लि जुङ जाइसँग सुरक्षा पन्तको सेल्फी

नेपालमा खिचिएको फ्रेन्च फिल्मको प्रिमियरमा सहभागी हुन फ्रान्स पुगेकी अभिनेत्री सुरक्षा पन्तले विश्व सिनेमाका हस्तीसँगका रमाइला क्षणहरूका तस्वीर सेयर गरेकी छन् । 

कान्सको रेड कार्पेटमा हिँड्ने पहिलो नेपाली अभिनेत्री बनेकी पन्त शनिबार कोरियाका ग्लोबल स्टार लि जुङ जाइसँगको तस्वीर सेयर गरेकी हुन् ।
लि जुङ जाइ कोरियन सिरिज ‘स्क्विड गेम’का प्रमुख कलाकार हुन् । यो सिरिजले अघिल्लो साल नेटफ्लिक्समा अनेकौँ रेकर्ड बनाएको थियो ।

नेपालका केही भागमा छायांकन गरिएको फ्रेन्च फिल्म ‘द एट माउन्टेन्स’ को प्रिमियरमा सहभागी हुन् उनी फ्रान्स पुगेकी हुन् । उनले प्रिमियरमा सहभागी हुने  क्रममा रेड कार्पेटमा वाक गर्ने मौका पाएकी थिएन । 

उनले आफ्नो अनुभव सेयर गर्दै भनेकी छन्, ‘रातो कार्पेटमा हिँड्नु वास्तविकमै अलौकिक क्षण बन्याे । फिल्म र कथाकारहरूको लागि उत्सवको सबैभन्दा ठूलो परिवेशको साक्षी हुने अवसर पाउनु मेरो जीवनभर मन पर्ने कुरा हो । झिलमिलाहट जस्तो लाग्छ ।’

उनले उक्त फिल्मका लागि गत वर्ष अडिसन दिएकी थिइन् । अडिसनमा छनोट भएर फिल्ममा अभिनयकाे मौका पाएकी थिइन् । ‘द एट माउन्टेन्स’ फिल्मको केही अंश नेपालको मनाङमा छायांकन गरिएको थियो । उक्त चलचित्र कान्स फिल्म फेस्टिभलको मुख्य प्रतिस्पर्धाको लागि छनोटमा परेको थियो । 





  • प्रकाशित मिति : जेठ ७, २०७९ शनिबार २०:४५:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया