आयल निगमका पूर्व कार्यकारी निर्देशक खड्काविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध १८ करोड ६६ लाख पाँच हजार बराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

आयोगका प्रवक्ता रामेश्वर दंगालका अनुसार उक्त सम्पत्तिको स्रोत नखुलेको पाइएकाले आज मुद्दा दायर गरिएको हो । लामो समयदेखि खड्काको सम्पत्तिबारे छानबिन गर्दै आएको आयोगले बताएको छ । 

प्रवक्ता दंगालका अनुसार खड्कामाथि निगमको प्रमुख तथा अन्य सरकारी निकायमा रहँदा पदको दुरुपयोग गरी अकुत सम्पत्ति कमाएको अभियोग लागेको छ । आयोगले दर्ता गरेको मुद्दाको विस्तृत विवरण आउन बाँकी छ । 





  • प्रकाशित मिति : पुस २३, २०७५ साेमबार १७:२५:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया