गठबन्धनलाई हराउँदै धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी

कैलालीको धनगढी उपमहानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्वाचित भएका छन् । उनी गठबन्धनका उम्मेदवार रहेका नेपाली कांग्रेसका नृपबहादुर वडलाई हराउँदै मेयरमा निर्वाचित भएका हुन् ।  

हमाल २६ हजार ८६५ मतका साथ मेयरमा विजयी भए । अघिल्लो निर्वाचनमा उनी वडसँग २ हजार ७९७ मतले पराजित भएका थिए । ०७४ को निर्वाचनमा हमालले ११ हजार ५२७ मत प्राप्त गरेका थिए । 

त्यस्तै, यसपालि हमालका निकटतम प्रतिद्वन्द्वी वडले १४ हजार ८१७ मत मात्र पाए । उनी अघिल्लोपटक १४ हजार ३२४ मतका साथ विजयी भएका थिए ।

त्यस्तै, मेयरका अर्का उम्मेदवार नेकपा एमालेका रणबहादुर चन्दले ९ हजार ११५ मत प्राप्त गरेका छन् । यसपालि उपमहानगरपालिकाको उपप्रमुखमा नेकपा एमालेकी उम्मेदवार कन्दकला राना निर्वाचित भएकी छन् ।

उनी १५ हजार ४७९ मतसहित उपमेयरमा निर्वाचित भएकी हुन् । रानाकी निकटतम प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी शान्ति अधिकारीले १२ हजार ६७० मत प्राप्त गरिन् ।  

अधिकारी अघिल्लो निर्वाचनमा पनि उपमेयरमा पराजित भएकी थिइन् । त्यसबेला पनि उनी माओवादीबाटै चुनाव लडेकी थिइन् ।



त्यस्तै, यसपटक स्वतन्त्र उपमेयर उम्मेदवार प्रभाकर भण्डारीले ६ हजार ६०९ मत ल्याए । धनगढीको मतगणना आज बिहान सकिएको हो । आधिकारिक घोषणा भने केही समयपछि हुनेछ ।
 



  • प्रकाशित मिति : जेठ ८, २०७९ आइतबार ७:४७:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया