भरतपुर महानगर : रेनुले कटाइन् ३५ हजार मत, सुवेदी ७ हजारभन्दा बढी भोटले पछाडि

चितवनको भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनबाट उम्मेदवार रहेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले फराकिलो अग्रता कायमै राखेकी छन् । आज बिहानसम्म ८९ हजार ५०८ मत गणना हुँदा रेनु दाहालले एमालेका उम्मेदवारभन्दा ७ हजार ४१५ को अग्रता बनाएकी हुन् ।  

अलिहेसम्म रेनुले ३५ हजार ९८ र उनलाई पछ्याइरहेका एमाले–राप्रपाका उम्मेदवार विजय सुवेदीले २७ हजार ६८३ मत प्राप्त गरेका छन् । 

मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल (भुइँकटहर)ले ११ हजार ८३५ मत पाएका छन् । उपमेयरतर्फ नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ३७ हजार ३२६ मत पाउँदै अग्रता कायमै राखेका छन् ।

राप्रपाकी हिमला गुरुङले २१ हजार ९ सय मत ल्याएकी छन् । 





  • प्रकाशित मिति : जेठ ८, २०७९ आइतबार ८:५:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया