कैलालीमा ट्रयाक्टरको ठक्करबाट स्कुटर चालकको मृत्यु

कैलालीको गौरीगंगा नगरपालिका–३ कुचैनीमा आज बिहान ट्रयाक्टरले स्कुटरलाई ठक्कर दिँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा स्कुटरको पछाडि सवार एक युवती गम्भीर घाइते भएकी छन् । 

मृत्यु हुनेमा स्कुटर चालक लम्किचुहा नगरपालिका–१ बस्ने ३० वर्षीया सविता कँडेल रहेकी छन् । घाइते भएकी सोही ठाउँ बस्ने २५ वर्षीया जमुना सिंहलाई उपचारको लागि माया मेट्रो अस्पताल धनगढी पठाइएको छ । 

आज बिहान ७ बजे कैलालीको कुचौनीस्थित पूर्वपश्चिम राजमार्गमा से १ त ६८ २७ नम्बरको ट्रयाक्टरले सुदूरपश्चिम प्रदेश ०१–००८ प १७८३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । 

दुर्घटनामा संलग्न ट्रयाक्टर चालक फरार रहेकोले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय चौमालाले जनाएको छ । 





  • प्रकाशित मिति : जेठ ८, २०७९ आइतबार ११:४४:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया