सिरहामा धारिलो हतियार प्रहार गरी बुवा–छोराको हत्या
फाइल तस्वीर

सिरहामा अज्ञात समूहले धारिलो हतियार प्रहार गरी बुवा–छोराको हत्या गरेको छ ।

जिल्लाको अर्नमा गाउँपालिका–१ महनौरका करिव ६० वर्षीय चुलाही भन्ने चन्देश्वर पाल र उनका १९ वर्षीय छोरा सन्त कुमार पालको शनिबार राति हत्या गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक शुभाष बुढाथोकीले सुतिरहेको अवस्थामा बुवा र छोराको धारिलो हतियार प्रहार गरि हत्या गरिएको बताए । 

उनले भने, ‘बुवा र छोरा दुवैजनाको शरीरको विभिन्न भागमा धारिलो हतियार प्रहार भएको छ । हामीले शवको मुचुल्का उठाई पोस्टमार्टमका लागि अस्पताल पठाएका छौं ।’

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको डीएसपी बुढाथोकीले बताए । 
सन्तको विवाह ११ जेठका लागि तय भएकाले स्थानीय महिलाहरू उनको घरमा विवाहको गीत गाएर आ–आफ्नो घर गएपछि छुट्टाछुट्टै कोठामा राति करिव १२ बजे बुवा र छोरा सुतेका थिए । 

सुतिरहेकै ठाउँमा धारीलो हतियार प्रहार गरी हत्या गरिएको छ ।





  • प्रकाशित मिति : जेठ ८, २०७९ आइतबार १५:२१:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया