कर्णालीमा अघिल्लो पटक पहिलो बनेको एमाले अहिले तेस्रोमा झर्‍यो
फाइल तस्वीर

०७४ को स्थानीय निर्वाचनले कर्णाली प्रदेशमा नेकपा एमालेलाई पहिलो दलका रूपमा स्थापित गराएको थियो ।

कर्णालीका ७९ पालिकामा एमालेले कुल २७ पालिकामा नेतृत्व गरेको थियो । २७ पालिकामा एमालेका उम्मेदवार प्रमुख पदमा र ३० पालिकामा उप–प्रमुख पदमा निर्वाचित भएसँगै एमाले कर्णालीको पहिलो दलका रूपमा स्थापित भएको थियो । 

अहिले ०७९ को स्थानीय निर्वाचनमा एमालेले १२ पालिका गुमाएर त्यो संख्या १५ मा झरेको छ । 

०७४ मा नेपाली कांग्रेस कर्णालीमा तेस्रो दलका रूपमा स्थापित थियो । २५ स्थानीय तहको प्रमुख र १४ स्थानीय तहमा उपप्रमुख पद पाएको कांग्रेस यसपालि भने प्रदेशको पहिलो दलका रूपमा स्थापित भएको हो । ०७९ को स्थानीय निर्वाचनमा कांग्रेसले प्रदेशभर ३२ स्थानीय तहको नेतृत्व पाएको छ ।

हालको निर्वाचनमा कर्णालीमा तेस्रो दल बनेको एमाले ११ स्थानीय तहमा प्रमुख तथा उपप्रमुख दुवै पदमा निर्वाचित भएको छ । यसैगरी चार स्थानीय तहको प्रमुख पद र ६ स्थानीय तहमा उपप्रमुख पदमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

नेपाली कांग्रेस भने कर्णालीका १३ स्थानीय तहमा प्रमुख र उपप्रमुख दुवै पदमा निर्वाचित भएको छ । यसका साथै १९ स्थानीय तहको प्रमुख र १४ स्थानीय तहको उपप्रमुख पद कांग्रेसले जितेको छ ।



दल

स्थानीय निर्वाचन ०७४

स्थानीय निर्वाचन ०७९

नेकपा (एमाले)

२७

१५

नेपाली कांग्रेस

२५

३२

माओवादी केन्द्र

२५

२३

एकीकृत समाजवादी

 

अन्य

  

 

 

 

दल   

प्रमुख/उपप्रमुख

प्रमुख मात्र

उपप्रमुख मात्र

नेकपा (एमाले)

११

नेपाली कांग्रेस

१३

१९

१४

माओवादी केन्द्र

११

१२

१४

एकीकृत समाजवादी

 

अन्य

 



  • प्रकाशित मिति : जेठ ८, २०७९ आइतबार १८:२:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया