सप्तरीमा १८ वटा स्थानीय तहमध्ये ९ वटा नगरपालिका र ९ वटा गाउँपालिका रहेका छन् ।
०७९ साल वैशाख ३० गते भएको स्थानीय तहकोको चुनावमा सप्तरीका जनताले सर्वदलीय पालिका सरकार बनाएका छन् ।
उनीहरूले राष्ट्रिय मान्यता पाएका दलसहित भर्खरै खुलेको जनमत पार्टीलाई पनि समावेश गराएका छन् ।
सप्तरीको सप्तकोसी नगरपालिका, कञ्चनरुप नगरपालिका, सुरुंगा नगरपालिका, तिरहुत गाउँपालिका, तलाठी कोइलाडी गाउँपालिकामा गरी पाँच स्थानीय तहमा नेपाली कांग्रेस विजयी भएको छ ।
राजविराज नगरपालिका, विष्णुपुर गाउँपालिका, बोदेबरसाइन नगरपालिका गरी तीन स्थानीय तहमा जनता समाजवादी पार्टी विजयी भएको छ ।
रूपनी गाउँपालिका, महादेवा गाउँपालिका र छिन्नमस्ता गाउँपालिका गरी तीन स्थानीय तहमा लोकतान्त्रिक समाजवादी पार्टी विजय भएको छ।
डाक्नेश्वरी गाउँपालिका,अग्निसाइर कृष्णासवरण गाउँपालिका, राजगढ गाउँपालिका गरी तीन स्थानीय तहमा नेकपा एमाले विजयी भएको छ ।
हनुमाननगर कंकालिनी नगरपालिका, बलानबिहुल गाउँपालिका गरी दुई पालिकामा जनमत पार्टी विजयी भएको छ ।
त्यसैगरी, खड्क नगरपालिकामा माओवादी केन्द्र र शम्भुनाथमा नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी विजयी भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।