सामाजिक सुरक्षाभत्ता हात–हातमा दिने अध्यक्ष थापाको घोषणाको आलोचना

बझाङ जिल्लाको दुर्गाथली गाउँपालिकाका नवनिर्वाचित गाउँपालिका अध्यक्ष दिलबहादुर थापाले गाउँपालिकाभरि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिको घरमा नै गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने बताएका छन् । सामाजिक सुरक्षा भत्ता बैकमार्फत भुक्तानी गर्दा स्थानीयलाई समस्या हुने गरेका कारण अवदेखि घरघरमा नै गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने उनले बताएका हुन् । 
 
स्थानीय तहको निर्वाचन ०७९ मा थापा नेकपा माओवादी केन्द्रबाट दुर्गाथली गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिकांश वृद्धवृद्धाले आफूलाई घरमा नै आएर भत्ता वितरण गर्न आग्रह गर्दै आएकाले अबदेखी नागरिकको घरमा नै गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने उनले बताएका हुन् । 
 
तर, सामाजिक सुरक्षा नियमावलीको पहिलो संशोधनको २०७७ को दफा १७ को उपदफा ३ मा भने सामाजिक सुरक्षा भत्ता अनिवार्य रुपमा बैकमार्फत वितरण गर्नुपर्ने व्यवस्था गरिएको छ । कुनै पनि स्थानीय तहले सामाजिक सुरक्षाबापतको रकम बैंकमार्फत नै भुक्तानी गर्नुपर्ने र बैंकमार्फत भुक्तानी नभएको रकमलाई गैरकानुनी रुपमा लिइने सामाजिक सुरक्षा नियमावलीको पहिलो संशोधनको २०७७ मा ले व्यवस्था गरिएको छ । 

गाउँपालिका अध्यक्षले नै सामाजिक सुरक्षा भत्ता हात–हातमा दिने अभिव्यक्ति दिएका छन् । यसरी दिएको रकमलाई महालेखा परीक्षकले बेरुजुमा देखाउने भए पनि पालिका अध्यक्षले नै गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै अहिले थापाको आलोचना भइरहेको छ । 

 





  • प्रकाशित मिति : जेठ ८, २०७९ आइतबार १९:१:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया