एमाले नेता भीम रावलको गृहवडामा गोलाप्रथाबाट स्वतन्त्र उम्मेदवार विजयी

नेकपा एमालेका नेता भीम रावलको गृहवडा अछाम साँफेबगर नगरपालिका–६ भागेश्वरमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । 

एमालेबाट वडाध्यक्षका उम्मेदवार दुधकला विष्ट तथा स्वतन्त्रबाट मीनबहादुर बोहराको समान २२६ मत आएपछि गोलाप्रथाबाट स्वतन्त्र उम्मेदवार बोहरा विजयी भएका हुन् ।

गोलाप्रथाबाट भए पनि स्वतन्त्र उम्मेदवार बोहराले एमालेका उम्मेदवार विष्टलाई पराजित गरे । स्वतन्त्र उम्मेदवार बोहराले एमालेबाट वडाको टिकट नपाएपछि स्वतन्त्रबाट चुनाव लडेका थिए । 

दुवैको समान मत आएपछि पुनः गणना गर्न माग उठ्दा केहीबेर भनाभन समेत भएको थियो । अन्ततः दुवै पक्ष गोलाप्रथा गर्न सहमत भएका थिए ।

वडा सदस्यमा एमालेबाट र स्वतन्त्रबाट २–२ जना विजयी भएका छन्।





  • प्रकाशित मिति : जेठ ८, २०७९ आइतबार २२:१६:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया