काठमाडौंमा बालेनको फराकिलो अग्रता कायमै, सिंह-स्थापितको मतान्तर ८८१

काठमाडौं महानगरपलिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) ले आफ्नो अग्रता कायमै राखेका छन् ।  

पछिल्लो मत परिणामअनुसार उनले ४३ हजार ८ सय ५० मत पाएका छन् । दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले २५ हजार ९ सय ४४ मत प्राप्त गरेकी छन् । उनी अझै बालेनभन्दा १७ हजार ९१० मतले पछाडि छिन् । 

त्यस्तै, नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा छन् । उनले २५ हजार ५९ मत पाएका छन् । अहिलेसम्म काठमाडौं महानगरमा १ लाख २८ हजार ४ सय ८५ मत गणना भएको छ । 





  • प्रकाशित मिति : जेठ ९, २०७९ साेमबार ८:२:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया