पाँचखालको मेयरमा कांग्रेसका महेश र उपमेयरमा एमालेकी सूर्यमाया विजयी

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका महेश खरेल र उपप्रमुखमा नेकपा (एमाले) का सूर्यमाया दनुवार विजयी भएका छन् ।

आज बिहान सम्पन्न भएको मतगणना परिणामअनुसार कांग्रेसका प्रमुख पदका उम्मेदवार खरेलले १२ हजार ८३६ मत प्राप्त गरे । एमालेका उपप्रमुख पदका उम्मेदवार दनुवारले ९ हजार ५३४ मत प्राप्त गर्दै जित हासिल गरिन् ।

प्रमुख पदका निकटतम प्रतिस्पर्धी एमालेका कञ्चन अधिकारीले ८ हजार ११५ मत प्राप्त गरे । उपप्रमुखका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का चेतप्रसाद गौतम (मणि) ले ९ हजार १० मत पाए । 

पाँचखालको मतगणना सकिएसँगै जिल्लाका १३ वटै स्थानीय तहको मतगणना सम्पन्न भएको छ । अधिकांश पालिकाका नवनिर्वाचित जनप्रतिनिधिले आ–आफ्नो पदको पद तथा गोपनीयताको शपथ ग्रहण गरी कार्यभारसमेत सम्हालिसकेका छन् । 





  • प्रकाशित मिति : जेठ ९, २०७९ साेमबार ८:४२:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया